स्याक नेपालको अध्यक्षमा पुनः तिवारी


सुर्खेत, २९ साउन ।
समाज जागरण केन्द्र (स्याक) नेपालको अध्यक्षमा पुनः मिना तिवारी चयन हुनुभएको छ ।
आइतबार सुर्खेतमा आयोजित स्याकको २७ औँ बार्षिक साधारणसभाबाट तिवारीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा खगेन्द्र सापकोटा, महासचिवमा गंगा गुरुङ्ग, सचिवमा राधा भण्डारी र कोषाध्यक्षमा शोभा तिवारी चयन हुनु भएको छ । यस्तै सदस्यमा नवराज खड्का, चौहानसिंह राना र यशोधा विक सदस्य चयन हुनुभएको छ । स्याकले हाल सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, डोल्पा, अछाम, बझाङ्ग, बैतडी, बाजुरा, डडेल्धुरा, बाँके, जाजरकोट, दाङ, सल्यान, रुपन्देही, नवलपराी र नवलपुरगरी ९ जिल्लाका ४६ वटा पालिकामा आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको छ ।
‘अन्धकारलाई सराप्नुभन्दा एउटा बत्ति बाल्नु बेश’ भन्ने मूल मर्मका साथ स्याक नेपालले स्वास्थ्य, शिक्षा, जिविकोपार्जन, संरक्षण, जलवायू परिवर्तन तथा विपत व्यवस्थापन, लैंगिक समानता तथा समावेशीकरण, संस्थागत विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।