किसानका आवाजः राम्रो माटो र सिंचाईँ नहुँदा उत्पादन बढेन

सुर्खेत, १५ असार (जागरण) । किसानका लागि असार मानो रोपेर मुरी फलाउने महिना हो । यतिवेला किसानहरु खेतीपातीकै काममा व्यस्त छन् । तर किसानले दुख अनुसार उत्पादन लिन भने सकेका छैनन् । लगानी अनुसारको प्रतिफल नपाउँदा अधिकांश किसानलाई वर्षभरी खानसमेत पुग्दैन । उत्पादन नहुँदा राज्यले विदेशबाट खाद्यपदार्थ आयात गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा हामीले कृषिमा उत्पादकत्व बढाउन के गर्नुपर्ला ? भनेर जनतालाई सोधेका छौं । सुन्नुस्, जनताको आवाज जस्ताको तस्तै (अडियो) ।