बालबालिका केन्द्रित बजेट विश्लेषण सम्बन्धि कार्यशाला गाेष्टि


जागरण संवाददाता ।
बाल बालिका केन्द्रित बजेट विश्लेषण सम्बन्धि २ दिने प्रादेशिक कार्यशाला गाेष्टी प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरूभएकाे छ ।
सेभ द चिल्ड्रेनकाे सहयाेग तथा बाल अधिकारका लागि साझा अभियान (सिसिआर) कर्णाली प्रदेशकाे आयाेजनामा बिहीबारदेखि कार्यशाला गाेष्टि सुरू भएकाे हाे । गाेष्टीमा हाल कर्णाली प्रदेश र यहाँ स्थानिय तहले बालबालिकाका क्षेत्रमा विनियाेजन गर्ने बजेट कसरी विश्लेषण गर्ने भन्ने बारे छलफल हुने जनाईएकाे छ । कार्यशालामा कर्णाली प्रदेशमा रहेर बालबालिकाका क्षेत्रमा काम गर्दै आएका संस्थाका प्रतिनिधिहरूकाे सहभागिता रहेकाे छ । आगामी दिनमा स्थानिय र प्रदेश सरकारले विनियाेजन गर्ने बजेटमा बाल बालिका केन्द्रित बजेटकाे विश्लेषण गर्ने उद्येश्यले गाेष्टीकाे आयाेजना गरिएकाे सिसिआरका कार्यक्रम संयाेजक टेकराज आचार्यले जानकारी दिनुभयाे ।