छोरी बुहारी छात्रावृत्ति कार्यक्रम प्रभावकारी बन्दै

सुर्खेत, ७ भदौ । प्राविधिक शिक्षामा छोरी–बुहारीहरुलाई पहुँच पुर्याउने उद्देश्य सहित कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको छात्रवृति कार्यक्रम प्रभावकारी बन्न थालेको छ ।
सरकारको छोरी–बुहारी छात्रवृत्ति अन्तर्गत प्रदेशका पाँच सय २१ जनाले छात्रवृत्ति पाएका छन् ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ देखि सुरु गरेको प्रदेश सरकारको उक्त कार्यक्रमबाट १० जिल्लाका पाँच सय २१ जना छोरी बुहारीहरु लाभान्वित भएका हुन् ।
साामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय तथा यस मातहतका सामाजिक विकास कार्यालयमार्फत यो कार्यक्रम कार्यान्वयन हुँदै आएको छ ।
कार्यक्रममार्फत कर्णाली प्रदेशमा अहिले सम्म प्रविणता प्रमाणपत्र सरह ३ बर्षे डिप्लोमाको विभिन्न विषयमा अध्यानरत गरिरहेका छन ।
प्रदेश सरकारको सहयोगमा आफुहरुले सोचेको विषय अध्ययन गर्न पाउदा कर्णालीका दुर्गम क्षेत्रका छोरी बुहारीहरू खुसी छन् ।
कर्णाली प्राविधिक शिक्षालय (केटिएस) जुम्लामा भौतिक निमार्ण तर्फ ३ वर्षे डिप्लोमा सिविल इन्जिनियरिङ्ग अध्यनरत कनकासुन्दरी गाउँपालिका ४ की लक्ष्मी बुढाले प्रदेश सरकारको छात्रवृत्तिले आफुलाई अध्ययन गर्न सहज भएको कर्णाली रैबारसँग बताउनुभयो ।
यस्तै, कालिकोटको पलाता गाउँपालिका ९ की बिनिता कुमारी शाहीले पनि छोरी बुहारी छात्रवृत्तिबाट ३ वर्षे सिविल इन्जिनियरिङ्ग अध्ययन गरी सकेको बताउनुभयोे ।
उहाँले आर्थिक अवस्थाले अध्ययन गर्न नपाएका छोरीहरुलाई प्रदेश सरकारको छात्रवृत्ति रकमले सहयोपुगेको बताउनुभयो ।
प्रदेश सरकारको शिक्षा विकास निर्देशनालयका अनूसार नर्सिङ्ग, एच.ए., फार्मेसी, ल्याव टेक्निसियन र रेडियोलोजिस्ट, बाली विज्ञान, वागवानी, पशुविज्ञान, वनविज्ञान, इन्जिनियरिङ्ग र कम्प्युटर विज्ञानलगायतका प्राविधिक विषयहरु अध्ययन गर्ने छोरी तथा बुहारीहरूले छात्रवृत्ति पाउँदै आएका छन् ।
निर्देशनालयका निर्देशक दीपा हमालले अहिले छोरी बुहारी छात्रवृत्तिको प्रभावकारीता बारेमा अध्ययन भइरहेको बताउनुभयो । उहाँका अनूसार छनोट भएकालाई अध्ययन अवधिभर सरकारले एक पटकमा १ लाख रुपैयाँ दिइन्छ ।
छोरी–बुहारी छात्रवृत्ति, प्राविधिक उच्च शिक्षा छात्रवृत्ति, उच्च शिक्षा जेहेन्दार छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति र कर्णाली प्रदेश घोषणाका लागि आन्दोलनमा सहिद भएका सन्ततिका लागि छात्रवृत्तिका कार्यक्रमहरू ल्याएको निर्देशक हमालको भनाइ छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ देखि सुरु भएको कार्यक्रमलाई प्रदेश सरकारले यो वर्ष पनि निरन्तर गर्दैं आएको छ ।
निर्देशनालयले प्राविधिकतर्फ विभिन्न विषयमा आवेदन माग गरी त्यसको आधारमा छात्रवृत्ति वितरण गर्ने गरेको छ ।
प्राविधिक शिक्षामा महिलाको पहुँच बढाई आत्मनिर्भर बनाउन यस्तो कार्यक्रमले सहयोग पुग्ने प्रदेश सरकारको अपेक्षा छ ।
कर्णालीका छोरी बुहारीहरुलाई प्राविधिक शिक्षामा पहुँच पु¥याउने उद्देश्य पनि कार्यक्रमको छ । कार्यविधिअनुसार छात्रवृत्ति रकम २४ हजारदेखि एक लाखसम्म दिइएको छ ।