विद्युतबाट यातायातका साधनहरू सञ्चालन गर्नका लागि कर्णाली प्रदेशमा अध्ययन शुरु

सुर्खेत, ८ भदौ । विद्युतबाट यातायातका साधनहरू सञ्चालन गर्नका लागि कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले अध्ययन सुरु गर्न लागेको छ ।
मन्त्रालयले आर्थिक वर्ष २०७९–८० मा बजेट विनियोजन गरी चार्जिङ स्टेशन निर्माण गर्न सम्भाव्यता अध्ययन गरी गर्न लागेको हो ।
प्रदेश राजधानी सुर्खेतमा यातायात साधनहरूको चाप बढ्दै जाँदा पेट्रोलियम पदार्थको माग समेत भारी मात्रामा माग हुँदै आएको छ ।
प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले यातायातका साधनहरू पेट्रोलियम पदार्थबाट चल्ने भन्दा विद्युतीय गाडीहरु गरी सञ्चालनमा ल्याउने उद्देश्यले चार्जिंग स्टेशन बनाउने पहल शुरु गरेको हो ।
प्रदेशमा इन्धनबाट चल्ने यातायातका साधनहरूको चाप बढ्दै जाँदा विद्युतीय सवारी साधनहरूको संख्या वृद्धि गर्न मन्त्रालयले यो कदम चालेको जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिनुभयो ।
सम्भाव्यता अध्ययन पूरा हुन बित्तिकै कुन ठाउँमा कति चार्जिङ स्टेशन निर्माण गर्दा उपयुक्त हुन्छ भन्ने प्रतिवेदन आएपछि निर्माणको काम सुरु हुने मन्त्री सिंहको भनाई छ ।
मन्त्रालयले कर्णालीका अधिकांश ठाउँमा साना तथा लघु जलविद्युत् आयोजना निर्माण हुनुका साथै मर्मत कार्य जारी रहेको सन्दर्भमा केन्द्रीय प्रसारण लाइन विस्तारलाई पनि तीव्रता दिएको छ ।
अहिले ३३ केभी प्रसारण लाइन चालूूरहेको अवस्थामा सुर्खेतमा मात्र तीन ठाउँबाट विद्युतीकरण गर्नका लागि काम सुरु भएको मन्त्री सिंहले जानकारी दिनुभयो ।
कोहलपुर छिन्चु हुँदै जाजरकोट डोल्पा सडक खण्ड, छिन्चु, सुर्खेत दैलेख हुँदै कालिकोट जुम्ला रारा सडक चालू अवस्थामा रहेका छन् । त्यस्तै दाङ सल्यान हुँदै रुकुम पश्चिम जोड्ने सडकसमेत सञ्चालनमा रहेको छ ।