कर्णाली प्रदेश सरकारमा नयाँ मन्त्री शिफासिर गरिँदै

नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेश सरकारमा सहभागी दुईजना मन्त्रीलाई फिर्ता बोलाएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको हो ।
दुई जना मन्त्रीलाई फिर्ता बोलाएर अन्य दुई जना प्रदेश सभा सदस्यलाई मन्त्री बनाउन लागिएको छ ।
जाजरकोटकी कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने निर्णय गरिएको माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ ।
शाह र कामीसँगै अब माओवादी केन्द्रका सबै प्रदेश सभा सदस्यहरु मन्त्री बन्ने भाग पुरा गरेका छन ।
कर्णाली प्रदेश सभामा माओवादी केन्द्रबाट ११ जना सांसद छन्, जसमध्ये ९ जना मन्त्री भइसकेका छन् । बाँकी रहेका दुई जनालाई पनि पालो पुर्याउन मन्त्री फेरबदल गर्न लागिएको हो ।
यता, माओवादी प्रदेश अध्यक्ष बिमला केसीले भने सरकारलाई समावेशी बनाउन मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय भएको जानकारी दिनुएको छ ।
पार्टी केन्द्रको निर्देशन अनुसार सरकारमा रहेका दुई मन्त्रीलाई फिर्ता बोलाएर दलित र महिलाको सहभागिता हुने गरी नयाँ मन्त्री सरकारमा सहभागी हुने अध्यक्ष विमला केसीको भनाई छ ।
समावेशी सिद्धान्तको सुरुवात गर्ने माओवादी भएकाले सरकारलाई समावेशी गराउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाएर महिला सांसद शाह र रातो कामीलाई पठाउने तयारी भएको कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
एकातिर प्रदेशसभाका सबै सांसदलाई मन्त्रीको भाग भाग पु¥याइएको चर्चा समेत भएको छ । यस विषयमा अध्यक्ष केसी भन्नुहुनछ ।