जाजरकोटका बाल क्लवहरुको वृक्षारोपन अभियान

सुर्खेत । जाजरकोट कुशे गाउँपालिकाका बालबालिकाहरु वृक्षारोपन अभियानमा लागेका छन ।
९ वटा वडा रहेका पालिकाका बाल बालिकाहरु संगठित भएर वृक्षारोपन अभियान चलाएका हुन ।
सबै वडाका वडा स्तरिय बाल क्लवहरु गठन गरिएका छन । त्यही बाल क्लव मार्फत असार महिनादेखि साप्ताहिक रुपमा वृक्षा रोपन गर्ने गरिएको वडा नम्बर ८ रहेको जुनेली समुदाय बाल क्लवका अध्यक्ष प्रतिमा रोकायले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
९ वटै वडां गठिन बाल क्लबहरुले आ–आफ्नो वडा हरुमा सामुदायिक विद्यालय र सामुदयक वन समितिहरुसँग मिलेर वृक्षा रोपन गर्ने गरिएको जनाइएको छ ।
अहिलेसम्म उनिहरुले ६ सय बिरुवा रोपिसकेका छन् । ति बिरुवाहरुको संरक्षको जिम्मा सामुदायिक वन र विद्यालयले लिएका छन ।
उनिहरुले समुदायलाई नै आर्थिक नाफा हुनेगरी–ओखर,आरु, सल्ला, धुपि, निगालो र मयुर पंखी जस्ता बिरुवाहरु लगाएका छन ।
जलवायु परिवर्तन न्युनिकरण सँगै पानीका मुहानहरुको संरक्षण गर्ने लक्ष्य रहेको बाल क्लवहरुको भनाई छ । उनिहरुले गाउँमा रहेका विकृतीहरु पनि न्युनिकरणमा जनचेतनामुलक कार्य गर्दै आएका छन ।
बाल बिवाह न्युनिकरण, बाल श्रम न्युनिकरण जस्ता कार्यक्रमहरु पनि गर्ने गरिएको अध्यक्ष रोकायले जानकारी दिनुभयो ।
बाल क्लवहरुलाई सक्रिय बनाउन स्थानीय सरकार र साझेदार संस्था अन्तरगतको सेभ द चिल्ड्रनले पनि सहयोग गर्दै आएको छ । कुशे गाउँपालिकालाई बालमैत्री बनाउने तयारीमा बाल क्लबहरु लागी परीरहेको छ भनेर कुशे गाउँपमलीकाका उपा अध्यक्ष देविका सिहं ले बताउनु भइको छ ।