गठबन्धनभित्र सिट बाँडफाटमा कुनै समस्या छैनः प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भित्रको सिट बाँडफाट केही दिनमा टुङ्गिने दाबी गर्नुभएको छ ।
पार्टी प्रशिक्षणको लागि सुर्खेत आएका प्रचण्डले सुर्खेत विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै गठबन्धनभित्रको सिट बाँडफाट करिब टुङ्गिएको र केही दिनमा सहमतीमा पुगिने दाबी गर्नुभएको हो ।
तथापी सत्ता गठबन्धनको हिजो ११ घण्टा बसेको बैठकले सिट बाँडफाटको टुङ्गो लगाउन सकेको थिएन ।
प्रदेश र केन्द्रमा सन्तुलन मिलाएर जाने र हामी एक्लै जित्ने ठाउँमा अन्य गठबन्धनका दलहरुलाई समायोजन गरेर लाने तयारी भएको प्रचण्डको भनाई छ ।
साथै, उनले आफू राष्ट्रपति बन्ने हल्ला विल्कुल गलत भएको उहाले बताउनुभयो ।
कर्णाली माओवादीको आधारशिला क्षेत्र भएकाले प्रदेश सरकारको सञ्चालनसँगै केन्द्रमा सम्मानजनक उपस्थितिका लागि सिट बाँडफाँट हुने समेत प्रचण्डले बताउनुभयो ।