कर्णालीमा सुरक्षित विद्यालय रणनीति निर्माणका लागि कार्याशाला गाेष्ठी

जागरण
सुर्खेत,१८ भदाै ।
कर्णाली प्रदेशमन सुरक्षित विद्यालय रणनीति निर्माण सम्बन्धि दुई दिने कार्यशाला गाेष्ठी वीरेन्द्रनगरमा शनिबारदेखि सुरू भएकाे छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, बााल अधिकारका लागि साझा अभियान (सिसिआर) र सेभ द चिल्ड्रेनकाे संयुक्त आयाेजनामा कार्यशाला गाेष्ठीकाे आयाेजना गरिएकाे हाे । गाेष्टीमा कर्णालीकाे सुरक्षित विद्यालय रणनीति निर्माणका बारेमा छलफल हुनेछ । बाल अधिकारकारका लागि साझा अभियान कर्णाली प्रदेशका अध्यक्ष टिकाराम आचार्यले विद्यालयलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने उद्येश्यले गाेष्टीकाे आयाेजना गरिएकाे बताउनुभयाे । विद्यालयभित्र सुरक्षित वातावरणले बालबालिकाकाे सिकाईलाई अझ प्रभावकारी बनाउन सकिने भएकाले रणनीति आवश्यक हुने आचार्यले बताउनुभयाे । गाेष्टीपछि रणनीति निर्माणका लागि कार्य समूह निर्माण गरिने छ र उक्त समूहले अन्तिमरूप दिने सिसिआरका कार्यक्रम संयनेजक टेकराज आचार्यले जानकारी दिनुभयाे । गाेष्ठीमा सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय,शिक्षक महासंघ, प्याब्सन, एन प्याब्सन तथा शिक्षा सम्बन्धि काम गर्ने संघ संस्थाका प्रतिनिधिहरूकाे सहभागिता रहेकाे छ । कार्यक्रमकाे सहजीकरण शुनिल शाक्यले गर्नुभएकाे छ ।