सुर्खेत २ ‘क’ मा एमालेबाट कंडेल सर्वसंवत सिफारिस

जागरण
सुर्खेत, १८ भदाै।
नेकपा एमालेका तर्फबाट सुर्खेत क्षेत्र नं: २ क मा यामलाल कंडेल सर्वसंवत सिफारिस हुनुभएकाे छ ।
एमाले प्रदेश निर्वाचन समन्व समितिकाे आज बसेकाे बैठकले कंडेललाई उमेद्वार सिफारिस गरेकाे हाे । एमाले स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्च समेत रहनुभएका कंडेल अहिले पनि साेही क्षेत्रबाट प्रदेशसभा सदस्य हुनुहुन्छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरूले उमेद्वार छनाैट गरिरहेका छन् ।