सुर्खेतमा पहिलाे पटक कफि खेति गरिदै, कृषकहरुलाई तालिम

जागरण संवाददाता

सुर्खेत, १९ भदाै ।

सुर्खेतमा पहिलाे पटक कफि खेति  सुरु गरिएकाे छ । सिद्धार्थ बहुउद्येश्यीय सहकारी स‌ंस्थाले आफ्ना शेयर सदस्यहरु मार्फत पहिलाे पटक कफि खेति सुरु गरेकाे हाे ।  जिल्लाकाे चाैकुने, विरेन्द्रनगरकाे १४ र लेकवेशीकाे नेटाका कृषकहरुले कफि खेति सुरु गरेका छन् । यस वर्ष संस्थाले करिव ५ हजार वढि विरुवाकाे व्यवसायिक खेतिकाे सुभारम्भ गरेको छ जनाएकाे छ ।

यसै सन्दर्भमा कफि खेतिमा लागेका कृषकहरुलाई सीप विकास तथा क्षमता अभिवृद्धि तालिम दिइएकाे छ ।  सिदार्थ वहुउदेश्यिय सहकारी र राष्ट्रिय चिया तथा कफि विकास वाेर्ड चिया तथा कफि विकास कार्यालय प्युठान काे आयाेजनामा वीरेन्द्रनगरमा यहि भदाै १७ र १८ गते  कृषकहरुलाई प्राङ्गारिक कफि चक्र प्रविधि तालिम दिइएकाे हाे ।

कार्यक्रम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव डाक्टर लेखराज दाहालकाे प्रमुख अतिथ्यता र कृषि विकास निर्देशनालयका निर्देशक चित्र वहादुर राेकायकाे विषेश आतिथ्यता, चिया तथा कफि विकास कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख एकराज सन्ज्यालकाे आतिथ्यता र सिदार्थ सहकारीको अध्यक्ष टाेप वहादुर टंलामिकाे अध्यक्षतामा भएकाे थियाे । व्यवसायिक कफिकाे खेतिकाे कर्णालीमा उच्च सम्भावना किसानहरूको रुचि धेरै भएपनि सम्वन्धित कार्यालय यस प्रदेशमा नहुदा किसानहरुले समस्या व्यहोर्नुपरेको छ । कार्यालय स्थापनाका लागि पहल गर्ने मन्त्रालयका सचिव दाहालले  बताउनुभएकाे छ ।