प्रतिनिधसभा तर्फ सुर्खेत २ मा एमालेबाट तीन जना सिफारिस

जागरण संवाददाता

सुर्खेत, १९ भदाै ।

मंसिर ४ गते ताेकिएकाे निर्वाचनमा नेकपा एमालेले प्रतिनिधिसभा तर्फ उमेद्वारका लागि सुर्खेत २ मा तीन जनाकाे नाम सिफारिस गरेकाे छ ।

नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी सुर्खेत २ को आइतबार बसेकाे दोस्रो पूर्ण बैठकले जिल्ला कमिटी अध्यक्ष अमृतबहादुर बिसी ,उपाध्यक्ष कुलमणि देवकोटा र जिल्ला कमिटी सदस्य तुल्सी कडेल (शाही ) लाई उमेद्वारका लागि सिफारिस गरेकाे हाे ।