एमाले कर्णालीले बनायाे ३१४ सदस्यीय निर्वाचन परिचालन कमिटि, यस्ता छन प्रदेश कमिटि बैठकले गरेका निर्णय


जागरण संवाददाता
सुर्खेत, २३ भदाै ।
नेकपा एमालेले कर्णाली प्रदेशमा ३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटि गठन गरेकाे छ ।
एमाले कर्णाली प्रदेश कमिटिकाे भदाै २१ र २२ गते वीरेन्द्रनगरमा बसेकाे बैठकले प्रदेश अध्यक्ष विनाेद कुमार शाहकाे संयाेजकत्वमा निर्वाचन परिचालन कमिटि गठन गरेकाे हाे ।आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई प्रभावकारी रूपमा परिचालन गर्न उक्त कमिटि गठन गरिएकाे अध्यक्ष शाहले जानकारीदिनुभयाे । यस्तै शाहकै संयाेजकत्वमा २६ सदस्यीय सचिवालय गठन गरेकाे छ । बैठकले टाेलसम्म ७ तहका निर्वाचन परिचालन गर्ने पनि निर्णय गरेकाे छ ।