जागरण एफएम सुर्खेत आजदेखि १४ औं बर्षमा प्रवेश

सुर्खेत । हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित जागरण एफ एम सुर्खेत आज १३ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ ।
‘जनताको आवाज’ नाराका साथ २०६५ सालमा स्थापना भएको जागरण एफ. एम. आजदेखि १३ वर्ष पुरा गरेर १४ औँ वर्षमा प्रवेश गरेको हो ।
वि. सं. २०६५ भदौ ३१ गतेदेखि एफ. एम. व्याण्ड ९० थोप्लो ८ मेगाहर्जबाट प्रशारण आरम्भ गरेको जागरण एफ. एम.ले विपन्न, पछाडी पारिएका नागरिहरुको आवाज बुलन्द बनाउँदै आएको छ ।
समुदायका बढीभन्दा बढी नागरिकहरुको सहभागितामा नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्दै सञ्चारकर्म गर्ने अभिप्रायले जागरण एफ. एम. सञ्चालनमा आएको हो ।
विशेषगरी, रेडियोले पर्यटन, स्वास्थ्य तथा सरसफाई, शिक्षा, कृषि, वातावरण संरक्षण एवंम् प्राकृतिक प्रकोप न्यूनिकरण र जलवायू परिवर्तन, सुशासन, लोकतन्त्र र विकास, महिला अधिकार, शान्ति तथा आर्थिक विकाससम्वन्धि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।
जागरण एफ. एम. ले सुर्खेत जिल्लाको सवै स्थानिय तहसँगै कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालिकोट, रुकुम र सल्यान, ५ नम्वर प्रदेशका बाँके र बर्दिया तथा सुदुरपश्चिम प्रदेशका कैलाली र अछामका केही स्थानियतह सम्म आफ्नो प्रसारण ५ सय वाट् क्षमतासहित एफ. एम. व्याण्डमा ९० थाप्लो ८ मेगाहर्ज मार्फत आफ्नो प्रशारण सेवा पु¥याइरहेको छ । कर्णाली प्रदेशका स्थानिय अन्य सामुदायिक रेडियो स्टेशनहरुसँग नेटवर्किङ्ग गरिरहेको छ ।
आफ्नो प्रशारणलाई जनमैत्री र समुदाय केन्द्रित गर्नका लागि विभीन्न २८ सामुदायिक रेडियोसँगको सहकार्यमा कर्णाली रैबार नामक समाचारमुलक कार्यक्रम प्रशारण गरि प्रदेशको नेटवर्क अभ्यास शुरु गरेको र यसलाई अझै फराकिलो बनाइने एफएमका अध्यक्ष पुर्ण प्रसाद पौड्यालले बताउनुभएको छ ।
जागरण एफएमका स्टेसन म्यानेजर गोविन्द खत्रीले रेडियोको तर्फबाट शुभकामना दिँदै जनता र सरकारबिचको पुलको रुपमा भुमीका निर्वाह गर्न तत्पर रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बढ्दो इन्टरनेटको पहुँचलाई ख्याल गर्दै सुर्खेतमै पहिलो पटक (वि.सं.२०६९) देखि अनलाइन यलष्लिभवबनबचबल।अयm,मोवाइल एप्लिकेशन, फेसबुक ाबअभदययप।अयmरवबनबचबललभतधयचप, बाट आफ्नो प्रशारण र प्रकाशन सञ्चालन गरिरहेको छ ।
आज स्थापना दिवसको अवसरमा सरोकारवाला तथा श्रोताहरुका प्रतिक्रिया तथा सल्लाह सुझावका लागि विशेष कार्यक्रमहरु संचालन गरिने छ ।
यस्तै, रेडियो स्थापना दिवसको अवसरमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले पनि सफलताको शुभकामना दिनुभएको छ ।
यस्तै वार्षिकोत्सबको अवसरमा शुभकामना दिँदै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले सामाजिक रुपान्तरणको लागि संचारमाध्यमले पहेदारकारुपमा जागरण एफ.एमले महत्व पूर्ण भूमीका निर्वाह गरेको बताउनुभयो । उहाले आगामी दिन थप सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।