जागरणको स्थापना दिवस: समाज रुपान्तरणमा रेडियोको भुमीका धेरै रहेको नगर प्रमुख ढकालको भनाई

सुर्खेत, ३१ भदौ । हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्थाको चौँथो साधरणसभा र सहकारीद्वारा संचालित जागरण एफ एम सुर्खेतको स्थापना दिवस मनाइएको छ ।
वीरेन्द्रनगर सुर्खेतमा विशेष कार्यक्रम गरि संस्थाको चौँथो साधरणसभा र स्थापना दिवस मनाइएको हो । जागरण एफएम आज १३ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले समाज रुपान्तरणको लागि सञ्चारमाध्यमको भुमीका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनामा संचार माध्यम विशेषगरी रेडियोले निर्वाह गरेको भुमीका अतुलनिय रहेको बताउनुभयो ।
उहाले जागरण एफएमले आफ्नो नेटवर्क विस्तार गरि कर्णालीका ग्रामीण क्षेत्रका नागरिकहरुलाई सुचित गरेको भन्दै आगामी दिनमा सत्यतथ्य सुचना दिएर जागरण ल्याउन आग्रह गर्नुभयो । उहाले सहकारी मार्फत पछाडी पारिएका महिला, दलित र अन्य समुदायलाई अगाडी ल्याउन सकिने बताउनुभयो ।
सुर्खे उपत्यका खानेपानी संस्थाका अध्यक्ष कुलमणी देवकोटाले जागरण एफएमबाट दिइने सुचना तथ्यमा आधारित हुनुपर्ने बताउँदै देशभर नै कर्णालीका आवाज पुर्याउनेगरी शुरु गरिएको कदम सह्रानिय रहेको बताउनुभयो ।
उहाले आर्थिक क्षेत्रलाई माथी उठाउन रेडियो र सहकारीको भुमीका धेरै रहेको उल्लेख गर्दै नागरिकहरुलाई उत्पादनमा जोड्न उत्साहित हुने खालका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै हातेमालो जागरण तथा जागरण एफएम सुर्खेतका अध्यक्ष पूर्ण प्रसाद पौडेलले बामे सर्दै गरेको अवस्थामा रहेका सहकारी र रेडियोलाई हिड्न सक्ने अवस्थामा पुर्याएको भन्दै आगामी दिनमा अझै प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाले संस्थालाई राम्रो बनाउन कर्मचारी, सेयर सदस्यहरुले दिएको साथप्रति कृतज्ञता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश लोक सेवा आयोगका अध्यक्ष राम प्रसाद उपाध्याय, सिम्ता गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम जागरण एफमका प्ूर्व स्टेसन म्यानेजर कविन्द्र कुमार केसी, समाज जागगरण केन्द्र (स्याक) नेपालका मिना तिवारी, नेपा पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल लगायतले चौँथो साधरणसभा तथा रेडियो स्थापना दिवसको अवसरमा शुभकामना दिएका थिए ।
चौँथो बार्षिक साधरणसभा र स्थापना दिवसको अवसरमा असल वचतकर्ता, असर ऋणी, उत्कृष्ट कर्मचारी जेष्ठ सदस्यहरुलाई सम्मान समेत गरिएको छ ।
‘जनताको आवाज’ नाराका साथ २०६५ सालमा स्थापना भएको जागरण एफ. एम.१३ वर्ष पुरा गरेर १४ औँ वर्षमा प्रवेश गरेको हो ।
वि. सं. २०६५ भदौ ३१ गतेदेखि एफ. एम. व्याण्ड ९० थोप्लो ८ मेगाहर्जबाट प्रशारण आरम्भ गरेको जागरण एफ. एम.ले विपन्न, पछाडी पारिएका नागरिहरुको आवाज बुलन्द बनाउँदै आएको छ ।
समुदायका बढीभन्दा बढी नागरिकहरुको सहभागितामा नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्दै सञ्चारकर्म गर्ने अभिप्रायले जागरण एफ. एम. सञ्चालनमा आएको हो ।
विशेषगरी, रेडियोले पर्यटन, स्वास्थ्य तथा सरसफाई, शिक्षा, कृषि, वातावरण संरक्षण एवंम् प्राकृतिक प्रकोप न्यूनिकरण र जलवायू परिवर्तन, सुशासन, लोकतन्त्र र विकास, महिला अधिकार, शान्ति तथा आर्थिक विकाससम्वन्धि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।
जागरण एफ. एम. ले सुर्खेत जिल्लाको सवै स्थानिय तहसँगै कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालिकोट, रुकुम र सल्यान, ५ नम्वर प्रदेशका बाँके र बर्दिया तथा सुदुरपश्चिम प्रदेशका कैलाली र अछामका केही स्थानियतह सम्म आफ्नो प्रसारण ५ सय वाट् क्षमतासहित एफ. एम. व्याण्डमा ९० थाप्लो ८ मेगाहर्ज मार्फत आफ्नो प्रशारण सेवा पु¥याइरहेको छ । कर्णाली प्रदेशका स्थानिय अन्य सामुदायिक रेडियो स्टेशनहरुसँग नेटवर्किङ्ग गरिरहेको छ ।
बढ्दो इन्टरनेटको पहुँचलाई ख्याल गर्दै सुर्खेतमै पहिलो पटक (वि.सं.२०६९) देखि अनलाइन onlinejagaran.com,मोवाइल एप्लिकेशन, फेसबुक facebook.com/jagarannetwork  बाट आफ्नो प्रशारण र प्रकाशन सञ्चालन गरिरहेको छ ।