हातेमालो जागरणको अध्यक्षमा पौडेल

जागरण संवाददाता
सुर्खेत, ३१ भदौ ।
हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर १२ को अध्यक्षमा पुन पूर्ण प्रसाद पौडेल चयन हुनुभएको छ ।
संस्थाको आज वीरेन्द्रनगरमा सम्पन्न चौथौँ साधारणसभाबाट अध्यक्षमा दोस्रो कार्यकालका लागि पौडेल चयन हुनुभएको हो । यस्तै समितिको उपाध्यक्षमा रमा कंडेल, सविचमा लोक प्रसाद ढकाल, सहसचिवमा धना जिसी र कोषाध्यक्षमा गीता भट्टाई चयन हुनुभएको छ । सदस्यहरुमा विष्णु कुमारी भट्टाई, विमला कुमारी मल्ल, शिला कुमारी सुनार, वविता खड्का, घनश्याम कंडेल र सावित्रा कुमारी आचार्य÷धमला चयन हुनुभएको छ । सहकारीले जागरण एफ.एम र बचत ऋणको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।