राहत र उद्धारमा खटिन एमाले कार्यकर्तालाई प्रदेश ईन्चार्ज कंडेलकाे आग्रह

जागरण संवाददाता
सुर्खेत, ३१ भदाै।
नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं कर्णाली प्रदेश ईन्चार्ज यामलाल कंडेलले अविरल बर्षाका कारण प्रभावित जनताकाे उद्धार र राहतमा जुट्न आफ्नाे पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभएकाे छ ।साथै कंडेलले तीनै तहका सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
कंडेलले शनिबार सामाजिक संजाल फेसबुक मार्फत उद्धार र राहतामा ध्यान दिन आग्रह गर्नुभएकाे हाे । ‘भाद्र ३१ देखि आएको अबिरल बर्षाका कारण बाढी र पहिरोले सुर्खेतको बराहा,पन्चपुरी र चौकुने पालिकालाई धेरै नै प्रभावित पारेको अबस्था छ । धेरैको सख्यामा घरपरिबारहरू बिस्थापित हुनु भएको छ।सडक अबरुद्ध को अबस्था छ।जनताहरू सार्वजनिक स्थलमा बस्नु पर्ने परिस्थिति बनेको छ’ कंडेलले फेसबुकमा लेख्नुभएकाे छ,’यस्तो अबस्थामा तिनै तहका सरकारले पिडित जनताले राहत अनुभुती गर्ने गरी समयमा नै प्रभाबकारी भुमिका निर्बाहा गर्न अनुरोध गर्दै त्यस क्षेत्रमा रहनु भएका नेकपा एमालेका नेता कार्यकर्ता हरूलाई राहत उद्दार कार्यमा जुटन समेत अनुरोध गर्दछु ।