आज संविधान दिवस सुर्खेतमा पनि मनाइयो

सुर्खेत । संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको छ ।
संविधान दिवसको अवसरमा सोमबार आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । लामो संघर्षपछि नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ असोज ३ गते जारी भएको थियो ।
जन निर्वाचिच सभासतबाट जारी भएको संविधानले समावेशी, लोकतन्त्र, पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । संविधान जारी भएको दिन असोज ३ गते नेपालमा संविधान दिवस मनाउने गरिन्छ । यसैबिच, सुर्खेत वीरेन्द्रनगरमा संविधान दिवसको अवसरमा प्रभातफेरी निकालिएको छ ।
मंगलगढी चोकबाट सुरु भएको प्रभातफेरी सभाहलमा गएर कोणसभामा परिणत भएको थियो ।
संविधान कार्यान्वयन अहिलेको अवश्यकताः नगर प्रमुख ढकाल
सभाहलमा विशेष भएको कार्यक्रममा शुभकामना दिदै वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले संविधान जारी भएको ७ बर्ष भैसक्दा संविधानमा भएका मौलिक हक कार्यान्वयनमा गएको बताउनुभयो ।
म्हिला, दलित र पछाडी पारिएका समुदायका लागि संविधानमा प्रसस्त अधिकार दिइएको भन्दै नगरप्रमुख ढकालले यी अधिकार प्रत्याभुत गराउन तिनै तहका सरकारहरुले कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाले भन्नुभयो, “संविधानमा प्रसस्त अधिकार प्रदान गरिएको छ, यो संविधान विश्वका अन्य देशको तुलनामा उत्कृष्ट छ, तर कार्यान्वनय पक्ष फितलो भयो की ? यतातिर तिनै तहका सरकार गम्भिर हुन जरुरी छ ।”
संविधानले नागरिक अधिकार सम्पन्नः कानुनमन्त्री शाही
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले नेपालको संविधान २०७२ पश्चात नेपाली नागरिक अधिकार सम्पन्न भएको बताउनुभयो । उहाले भन्नुभयो, “संविधान कार्यान्वयनमा चुनौती हुन्छ नै तर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालीको अभिन्न अङ्ग भैसकेको छ । जसले गर्दा हाम्रो समग्र विकासको लागि नेपालको संविधानलाई कार्यान्वयनलाई जोड दिनुपर्छ ।”
जनताको अपेक्षा पूरा गर्न प्राथमिकताको आधारमा दिगो विकास गर्नुपर्ने बताउदै मन्त्री शाहीले नयाँ युगको विकासका लागि संविधानको भावनालाई मध्यनजर गरेर तिनै तहका सरकारले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
दिवसका अवसरमा सोमबार सुर्खेतमा संविधान दिवस मुल समारोह समितीले गरेको कार्यक्रममा प्रदेश सरकारका प्रमुख तथा प्रतिनिधि, मन्त्री, जनप्रतिनिधि, विभिन्न शाखाका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रमुख तथा प्रतिनिधि र नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहभागीता रहेको थियो कार्यक्रममा विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन समेत गरिएको थियो ।