सुर्खेत । गएको भदौ ३१ गते राती परेको अविरल वर्षासँगैको पहिरो र बाढीबाट विस्थापित परिवारलाई राहत सामग्री सहयोग गरिएको छ ।
बराहताल गाउँपालिका–५ चेपाङमा बाढी पहिरोबाट विस्थापित भएका परिवारलाई सेभ द चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालले राहत सामग्री दिएको हो ।
गाउँपालिकाको कार्यालय रहेको बड्डीचौरमा पुगेर समाज जागरण केन्द्र (स्याक) नेपालले राहात सामग्री प्रदान गरेको हो ।
पालिकाको समन्वयमा वितरण गरिएको राहत सामग्री गाउपालिका अध्यक्ष भीमबहादुर भण्डारीले विस्थापित परिवारलाई हस्तान्तरण गर्नुभयो ।
स्याक नेपालका अध्यक्ष मिना तिवारीकाअनुसार विस्थापितहरुलाई प्रदान गरिएको सामग्रीमा त्रिपाल, वयस्कका लागि कम्बल, प्लाष्टिकको चटाई लगायत रहेका छन ।
यस्तै, ३० घरधुरीलाई भाडा सेट, सेल्टर किट, हाइजिन किट, वेवी प्याक १५ सेट, हस्तान्तरण गरिएको अध्यक्ष तिवारीले जानकारी दिनुभयो । त्यसैगरी प्रभावित परिवारका बालबालिकालाई ४३ सेट किट उपलब्ध गराइएको पनि उहाले जानकारी दिनुभयो ।
खुला आकाश र छिमेकीको घरमा आश्रय लिइरहेका परिवारलाई राहत प्रदान गर्न हाइजिन किटसहितका आवश्यक सामग्रीहरु समेत सहयोग गरेको स्याक नेपालका अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।
भदौ ३१ गतेको अविरल बर्षाका कारण १२ घर पूर्ण रुपमा र १८ आंशिक क्षती भएको थियो ।