सल्यानमा जीप दुर्घटनामा मृत्यु भएका ८ को सनाखत

सुर्खेत । सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन ।
बाँकेको ढकेरीबाट छुटेको जीप राप्ती राजमार्ग अन्तरगत सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानी नजिक बुधबार बिहान साढे ३ बजे दुर्घटनामा पर्दा ८ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा परेको रा १ ज ५६३ नम्बरको जीपमा नौ जना सवार थिए । सवार ९ जनामध्ये एक जना घाइते भएका छन् ।
सल्यान प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुने धेरै जसो कपुरकोट गाउँपालिका ६ का रहेका छन् । जसमा जीप चालक जलवाङका २१ वर्षीय जितबहादुर बोहोरा, ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली र उहाका छोरा ११ वर्षीय वसन्त ओली छन् ।
यस्तै, कपुरकोट गाउँपालिका ६ कै ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली, र कपुरकोट गाउँपालिका ५ का ३५ वर्षीय ललित ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।
यस्तै, दुर्घटनामा घाइते कपुरकोट ६ का ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल तुलसीपुरमा उहाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।