कर्णाली प्रदेशभर ५ सय ४१ डेंगीका संक्रमित फेला

सुर्खेत । कर्णाली प्रदेशभर ५ सय ४१ डेंगीका संक्रमित फेला परेका छन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशभर गरिएको परिक्षणमा डेंगीको संक्रमित फेला परेका हुन् ।
जसमा सुर्खेतमा सबैभन्दा बढी ४ सय २२ जनामा डेंगी संक्रमीत फेला परेका छन । सुर्खेत जिल्लामा पनि वीरेन्द्रनगर नगरपालिका अझै बढी जोखिममा रहेको निर्देशनालयको तथ्याँक रहेको छ । वीरेन्द्रनगर नगरपालिकामा २ सय बढीमा डेंगी संक्रमण देखिएको हो ।
यस्तै जिल्लागत तथ्याँकमा जुम्ला जिल्लमा २२, सल्यानमा २२, रुकुमपश्चिममा १८,कालिकोटमा २१, जाजरकोटमा १२, दैलेखमा १४, मुगुमा ८, डोल्पामा १ र हुम्लामा १ जनामा डेंगी फेला परेको हो ।
स्वास्थ्यकर्मीहरुका अनुसार डेंगी एकप्रकारको भाइरस भएकोले यो जुनसुकै उमेरकालाई पनि हुनसक्छ ।
डेंगी संक्रमित लामखुट्टेले टोकेपछि ४ देखी ७ दिनसम्म यसको लक्षण देखिने र यसको लक्षणहरुमा धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, हाडजोर्नी र मांसपेशीहरु र ढाड देख्ने, शरीरमा विविरा आउने, रिंगटा लाग्नेर वाकवाकी तथा वान्ता हुने गर्दछ ।
यसका साथै वान्तामा रगत देखापर्ने, धेरै पेट दुख्ने, लगातार वान्ता हुने, रक्तश्राव हुने, बेहोस हुने समेट डेंगीको जटिल अवस्था भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
बिहिबार पत्रकारहरुसंग डेंगीरोग विषयमा अन्तर्रक्रिया कार्यक्रमको आयोजना गर्दै प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले सावधानी अपनाउन आग्रह गरेका छ ।
यसैबिच, नेपालमा डेङ्गी सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको छ । गएको साउनदेखि आज बिहीवारसम्म डेङ्गीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । अहिलेसम्म देशभरका २८ हजार एक सय नौ जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ ।
डेङ्गीबाट जोगिने एकमात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो ।