हिमाली जिल्लाका नागरिकहरुलाई हवाई टिकट पाउँनै मुस्किल

सुर्खेत । कर्णालीका हिमाली जिल्लाका नागरिकहरुले दशैं मनाउन मुल घरमा जान नपाएको भन्दै पिडा व्यक्त गरेका छन ।
पढाई र विभिन्न कामको शिलशिलामा सुर्खेत, नेपालगञ्ज लगायतका क्षेत्रमा रहेका नागरिकहरुले घर जान नपाइने चिन्ता रहेको बताएका हुन ।
दसैँमा घर जान पाउनु वर्षभरिको एक उल्लासको समय भएको तर, हुम्लाका सलिन ठकुरी र उनका साथीहरू यतिबेला नेपालगञ्जमा दसैँमा घर जान नपाइरहेको पीडामा रहेका छन् ।
हुम्लाका लागि एकमात्र यातायातको साधन हवाई जहाजका कम्पनीले काठमाडौँमै उडान केन्द्रित गराएपछि उनीहरूले टिकट पाएका छैनन् । यसपल्ट घर जान पाइन्छ वा पाइँदैन ठेगान नभएको उनिहरुको दुखेसो छ ।
अहिले नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एकमात्र जहाज छ ।
नेपालगञ्जबाट हुम्लाका लागि समिट र ताराको एउटा जहाजले उडान भरेका छन । तर, विमानस्थलमा टिकटका लागि पुगेका कसैले पनि टिक पाएनन । विमान कम्पनीका कर्मचारीले टिकट पहिले नै प्याक भइसकेको जवाफ दिइरहेका थिए ।
हुम्लाका चुनराज शाहीले दुई हप्तादेखि भौतारिँदा पनि टिकट नपाइएको दुःखेसो पोख्नुभयो ।
उहाले विमान कम्पनीले नाफा कमाउन विदेशी पर्यटकलाई बोक्न पूर्वतिर लाग्दा कर्णालीवासीको अधिकार खोसिएको बताउनुभयो ।
अहिले विमान कम्पनीले कर्णाली जिल्लाका लागि चार्टर उडान गर्न कडाइ गरिएपछि नियमित उडानको माग पनि कम गर्ने गरेको पाइएको छ ।
कर्णालीका जिल्लाका लागि अहिले नेपाल एयरलाइन्स, समिट र ताराले हवाई उडान गर्दै आएका छन् ।
यसमा नेपाल एयरको जहाज बिग्रिएर उडेको छैन भने अहिले दुई वटा कम्पनीले मात्र उडान गरिरहेका छन् ।