बाढी प्रभावित बस्तीमा छैन दसैँको उल्लास, अझै पनि बिहान बेलुका के खाने भन्ने परिलो

जागरण, संवाददाता
सर्खुेत, १९ असोज

बडादशैँको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ । यो पर्व मनाउन सबै आ आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् । तर सुर्खेतका बाढी प्रभावितहरुलाई दसैँले छोएको छैन ।
दशैं तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरु आएपनि सुर्खेतका बाढी पिडितहरुले आफुहरुका लागि भने दशा नै आएको बताएका छन् ।
सुर्खेतका कतिपय बाढीपिडितहरु अझै पनि के खाने भन्ने पिडामा रहेका छन् । बिहान बेलुका ज्यालामजदुरी गरेर खाने उनिहरुलाई चाडपर्व आउनु दशा आउनु सरह भएको बताउछन् ।
करिब ८ बर्ष पहिले आएको बाढीबाट विस्तापित भएका बाढी पिडितहरु अझै सम्म पनि पाल मुनी जिविको पार्जन गर्न बाध्य छन् । सरकारले विभिन्न किसिमका आश्वासन दिएपनि उनिहरुको लागि केही राहत नभएको उनिहरुको गुनासो गरेका छन् ।
राहत वितरणको नाममा विभिन्न सघंसंस्थाहरु, स्थानिय प्रदेश सरकारले केहि सामाग्रिहरु दिएपनि दुईचार छाक टार्ने भन्दा काम बाहेक अरु राहत नभएको उनिहरुको गुनासो छ ।
वि.स. २०७१ साल साउन २९ गत्ते आएको बाढिले विस्तापित भएदेखि सरकारले विभिन्न खाले आश्वासन दिएपनि केहि नगरेको हुदाँ सरकारको आस लाग्नै छोडेको भेरीगंगा नगरपालिका वडा न. २ सत्तरीका याद बहादुर विसी बताउनुभयो ।
यस्तै, बराहताल गाउँपालिकामा भदौ ३१ गत्ते गएको बाढीले विस्तापित भएका घरपरिवार पालमुनी दशैं मनाउन बाध्य छन् । स्थानिय सरकारले राहत सामाग्रि दाल, चामल, नुन,तेल दिएर सहयोग गरिरहेकोले भोकै बस्न नपरेपनि तालमुनि बस्नुपर्दा पिडा भएको बराहताल गाउँपालिका वडा न ५ का डिल बहादुर सलामीले बताउनुभयो ।
यता, प्रदेश सरकारले भने बाढिपिडितहरुलाई राहत वितरण गर्दै आएको बताएको छ । तत्कालै पश्चिम सुर्खेतमा राहत सहयोग गरेर आएको आन्तरिक मामिला तथा कानुन मन्त्रि हिम बहादुर शाही बताउनुभयो । उहाँले बाढिपिडितको नाममा थोरै नोक्सानीलाई पनि धेरै भन्दै आउने हुदाँ समस्या भएको बताउदै बाढीपिडितको लागि कर्णाली प्रदेश सरकार लागिपरिरहेको मन्त्रि शाहीले बताउन्छन् ।