आज वडादशैँको मुख्य दिन, टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

जागरण, संवाददाता
सर्खुेत, १९ असोज
आज बुधवार दशैँको मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर विजयादशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरूका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई भोलि बिहान १० बजेर ३४ मिनेटमा विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा टीका लगाउन सकिनेछ । यद्यपि साइत नखोज्नेहरूले भोलि दिनभर जुनसुकै बेला टीका लगाउन सक्नेछन् ।
टीका लगाउने व्यक्ति पूर्व फर्केर बस्ने र लगाइदिने व्यक्तिले उत्तर–पश्चिम फर्केर लगाइदिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।
आजका दिन परिवारका ठूलो सदस्यहरुबाट टीका तथा जमरा लगाइने चलन छ । धेरैजसो मानिसहरु दशै मनाउन गाउँ फर्किएसगै सुनसान रहेको वीरेन्द्रनगरमा पुनः चहलपहल बढ्न थालेको छ ।
दशंको अवसरमा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्रीले जिवन बहादुर शाहीले शुभकामना दिनुभएको छ । प्रदेश प्रमुख परियारले शुभकामना सन्देश दिँदै विजया दशमी लगायतका चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र भातृत्व अभिबृद्धि गर्दै सामाजिक एकता थप बलियो बनाउन मद्दत पुर्याउने बताउनुभएको छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तिको प्रतीकका रूपमा मनाइने विजयादशमी दशँैंको महत्वपूर्ण दिन हो । देवीको प्रसादका रूपमा आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ  ।