गरिबी न्युनिकरणका लागि तिन वटैतहका सरकारले उद्योगको माध्यमबाट रोजगारी सिर्जना गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

जागरण, संवाददाता
सुर्खेत, २१ असोज
गरिबी न्युनिकरणका लागि तिन वटै तहका सरकारले उद्योगको माध्यमबाट रोजगारीका अवसरहरू उपलब्ध गराउनु पर्नेमा सरोकारवालाहरुले जोड दिइएका छन् ।
उद्योगधन्दा पर्याप्त मात्रामा नखुल्दा स्थानीय सीप, पुजी र प्रविधि प्रयोग गर्न नसकिएको भन्दै उनीहरुले उद्योगको माध्यमबाट दक्षता र क्षमताको आधारमा रोजगारीका अवसरहरू उपलब्ध गराउन सके केही हदसम्म गरिबीलाई न्यूनीकरण गर्न सहयोग पुग्ने बताएका हुन् ।
मानव अधिकार रक्षक संजाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले हरले विभिन्न रोजगारमूलक कार्यमा सीपको अभाव, पुँजीको अभाव र प्रविधिमा बहुसंख्यक जनताको पहुज पुग्न नसक्दा गरिबी न्यूनीकरणमा समस्या उत्पन्न भएको हुदा तिनै तहका सरकारले लगानीमैत्री वातावरण सिर्जना गरेर रोजगारीका नयाँ–नयाँ अवसर सिर्जना गर्नु पर्ने बताउनुभयो । उहाँले गरिबी एक बहुआयामिक विषय भएकाले पनि यसको सम्बन्ध राज्यको विभिन्न अङ्गसँग हुने भन्दै साना उद्योगधन्दा स्थापनागरी रोजगार र सीपमूलक कार्यमा सरकारहरु क्रियाशील भएर लाग्नु जरुरी रहेको कर्णाली रैबारमार्फत बताउनुभएको छ ।
यता, स्थानीय सरकारहरुले भने गरिबी निवारणका लागि (मेट्फा) लघुउद्यम कार्याक्रम सञ्चालन गर्दै आएको बताएका छन् । ज्ुम्लाको गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले प्रत्यक वडा र बस्तिहरुबाट छनोटगरी उनीहरुलाई विभिन्न सिप र व्यावसायीक सिर्जनाको लागि तालिम दिइदै आएको बताउनुभयो ।
यस्तै, सल्यानको सिद्ध कुमाख गाउँपालिकाले पनि उद्यमशिल गरिबी निवारण गर्नु सरकारको दायित्व रहेको भन्दै स्थानीय सरकारको अधिकार अनूसार विभिन्न खालका सिपमुलक कार्यक्रमहरू चलाइरहेको जनाएको छ । गाउँपालिका अध्यक्ष भरत गिरीले स्थानीय सरकारले लक्षित समूहलाई पहिचान गरी उनीहरूको क्षेत्रमा सिलाइकटाइ, बुटी, कृर्षि क्षेत्रमा विउ वितरणलगायतका कार्यक्रम भइरहेका बताउनुभयो ।
यता, कर्णाली प्रदेश सरकारले भने विभिन्न मन्त्रालयगत वाषर््ीक स्कृती कर्याक्रममार्फत गरिबी न्यूनीकरणमा सहयोग पुगेको दावी छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्द सारुका अनूसार सरकारले गरिबी न्यूनीकरणको प्रयासलाई तीव्रता दिदै भौगोलिक, लैङ्गिक, जातीय र अन्य वर्ग र समूहबीच भएका असमानता र विभेद कम गरी आर्थिक समृद्धि प्राप्त गर्नु प्रमुख चुनौतीका रूपमा रहेको छ ।
विशेष गरी महिला, दलित, जनजाति, आदिवासी, अल्पसंख्यक, पिछडिएको क्षेत्र तथा दुर्गम ग्रामीण क्षेत्रमा बस्ने आमनागरिकको सामूहिक परिचयका रूपमा रहेको गरिबीलाई न्यूनीकरण गर्नेतर्फ उनीहरूको सहभागितालाइ जोड दिइएको सचिव सारुले बताउनुभएको छ ।