जुम्लाको कनकासुन्दरीमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु, २ जना घाइते

जागरण
सुर्खेत, २२ असोज । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ ।
गणेशबहादुर शाही, उहाँका छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरूका छोराहरू अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । अरू दुई जनाको परिचय खुलेको छैन ।
यस्तै पहिरोम पुरिएर दुई जना गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेलाई अस्पताल पठाउन हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।
जुम्लामा अहिले पानी परिरहेकाले तत्कालै हेलिकप्टरबाट घाइतेलाई अस्पताल लैजान समस्या भएको प्रमुख जिल्ला अधिकारी केशरीले जानकारी दिनुभयो ।