कालीकोटमा मलामी गएका १३ जना बेपत्ता

जागरण
सुर्खेत, असोज २४ । कालीकोटमा मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका–४ राँचुली गाउँका १३ जना बेपत्ता भएका हुन् ।
अस्ति शनिवार मृत्यु भएका हेमराज शाहीको हिजो आइतबार मलामी गएका उनीहरु बेपत्ता भएका हुन् । मलामी गएका उनीहरुलाई पहिरोले बगाएको हुनसक्ने कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो । उहाँका अनुसार लगातकारको वर्षाले गर्दा सम्पर्क हुन नसक्दा ढिलो सुचना प्राप्त भएको हो ।
वडा अध्यक्ष परबहादुर शाहीसहित १३ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभएको छ ।