कर्णाली प्रदेशभर बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ३३ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशभर बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले दिएको जानकारी अनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो ।
सबैभन्दा धेरै जुम्लामा ९ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता एवम प्रहरी वरिष्ट उपरिक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, उहाका अनुसार मुगुमा ८ जना, कालिकोट र हुम्लामा ४÷४ जना, जाजरकोटमा ३ जनाको मृत्यु भएको छ ।
यसैगरी, डोल्पा र सल्यानमा २÷२ जनाको मृत्यु भएको छ भने दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुर्खेत र रुकुम पश्चिममा भने मानविय क्षती नभएको प्रहरीको भनाई छ ।
२२ जना अझै बेपत्ता रहेको र उनिहरुको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बेपत्ता हुनेहरु सबैभन्दा धेरै कालिकोटका एक प्रहरी जवानसहित २० जना रहेका छन भने जुम्लाका २ जना र दैलेखका १ जना रहेका छन ।
यसैबिच, बाढी पहिरोमा परि प्रदेशभर २१ जना घाईते भएको विवरण प्रहरीको तथ्याङ्कमा छ । जस अन्तरगत कालिकोटका मात्रै ७ जना छन भने मुगु र हुम्लाका ५÷५ जना घाईते भएका छन ।
यसैगरी, जुम्लाका २, रुकुम पश्चिमका १ जना र जाजरकोटका १ जना घाइते भएको र उनिहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सयौँ घरपरिवार विस्तावित
ल्गातारको बर्षाका कारण कर्णाली प्रदेशभर ४ सय ८० घर परिवार विस्तावित भएका छन । प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा धेरै दैलेखमा १ सय ३ घर परिवार विस्तावित भएका छन ।
यस्तै, मुगुका एक सय ७८ घरपरिवार विस्तावित हुँदा जुम्लाका ८६, कालिकोटका ४८, हुम्लाका ४०, सल्यानका ९, सुर्खेतका ८ घरपरिवार विस्तावित भएका हुन ।
त्यसैगरी, डोल्पाका ४ घरपरिवार विस्तावित हुँदा जाजरकोट र रुकुम पश्चिमका २÷२ घरपरिवार विस्तावित भएका छन ।
प्रभावित जिल्लाहरुमा जिल्ला सुरक्षा समितिले समन्वय गरी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत सुरक्षाकर्मी परिचालन गरी उद्दार र राहत कार्य भईरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
घरक्षती र बिस्थापितलाई लागि प्रदेश सरकारले राहत पठाउने प्रक्रियामा शुरु गरेको जनाएको छ । घाईतेहरुको उद्दारको लागि हेलिकप्टर परिचालन भईरहेको जनाइएको छ ।