एमालेबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका खत्रीले लिए उम्मेदवारी फिर्ता

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (क) मा स्वातन्त्र उम्मेदवारी दिएका खड्क खत्रीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
खत्रीले आज बुधबार गुर्भाकोट नगरपालिका–८ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिनुभएको हो ।
त्यही निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचन जितेका खत्री कर्णाली प्रदेशको भौक्तिक पूर्वधार तथा सहरी विकास मन्त्री समेत बन्नुभएको थियो ।
उहाको नाम टिकटका लागि सिफारिस भएपनि एमाले नेता डण्डीप्रसाद शर्मालाई टिकट दिएपछि खत्रीले बागी उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
पार्टी भित्र देखिएको समस्या समाधान भएपछि खत्रीले आफुनो उम्मेदवारी फिर्ता लिएको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिनुभयो ।
यस्तै, उम्मेदवारी फिर्ता लिएसँगै खत्रीले पार्टी भित्रको कमजोरीलाई सुधार गर्दै आफुनो पार्टीका आधिकारिक उम्मेदवारहरुलाई विजयी गराउन सहयोग गर्ने बताउनुभएको छ ।