प्रतिनिधिसभा सदस्यका लागि कर्णालीबाट १३ जना स्वतन्त्र उम्मेद्वार

सुर्खेत । कर्णालीबाट आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि स्वतन्त्र उम्मेद्वारी दिनेको लर्को लागेको छ ।
पर्टीबाट टिकट नपाएपछि केहीले विद्रोह गरेर स्वतन्त्र उम्मेद्वारी दिएका छन भने केहीले कुनै पार्टीमा आवद्ध नभएर स्वतन्त्र उम्मेद्वारी दिएका हुन ।
कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र रहेका छन । दैलेख र सुर्खेतमा २÷२ निर्वाचन छन भने अन्य ८ जिल्लामा एक÷एक निर्वाचन क्षेत्र रहेका छन ।
सुर्खेत र हुम्ला बाहेक अन्य ८ जिल्लाबाट प्रतिनिधिसभा सदस्यको लागि १३ जना स्वतन्त्रबाट निर्वाचन लड्ने तयारी गरेका हुन । उम्मेद्वारहरुको अन्तिम नामावली निर्वाचन आयोगले प्रकाशित गरिसकेको छ ।
जस अन्तरगत सल्यानबाट २ जना राजेन्द्र बहादुर शाह र जुद्ध बहादुर सिंहले स्वतन्त्र उम्मेद्वारी दिएर निर्वाचन लड्न लाग्नुभएको छ ।
यस्तै, डोल्पाबाट पनि विर बहादुर रोकाया स्वतन्त्र उम्मेद्वार हुनुहुन्छ भने मुगुमा २ जना कृष्ण बहादुर सेजुवाल र भीम चन्द्र हमाल प्रतिनिधिसभाको स्वतन्त्र उम्मेद्वारका रुपमा खडा हुनुभएको छ ।
यसैगरी, जुम्लाबाट डा.कल बहादुर रोकाया स्वतन्त्र उम्मेदवार बन्दा कालिकोटमा पनि २ जना काशी चन्द्र बराल र धन प्रसाद पाण्डे स्वतन्त्र उम्मेद्वार बनेर निर्वाचन लड्न लाग्नुभएको हा । भने जाजरकोटबाट नर बहादुर कार्कीले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ ।
यता, दैलेख र रुकुम पश्चिममा पनि २÷२ जना स्वतन्त्रबाट निर्वाचन लड्दै छन । जसअन्तरगत दैलेखबाट निरख वहादुर थापा र गोपाल नेपालीले स्वतन्त्र उम्मेद्वारी दिँदा रुकुम पश्चिममा
रुकुमपश्चिबाट तारक के.सी. र राजन पाण्डे स्वतन्त्रबाट निर्वाचन लड्दै छन । रुकुम पश्चिम हालका अर्थमन्त्री जनाद्र्धन शर्माको निर्वाचन क्षेत्र रहेको जिल्ला पनि हो ।
१२ सिटका लागि ७४ जनाको प्रतिस्पर्धा
प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रबाट ७४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन ।
निर्वाचन आयोगले दाबी विरोधपछि अन्तिम नामावली प्रकाशन गरेको हो । जस अनुसार कर्णाली प्रदेशबाट १२ निर्वाचन क्षेत्रमा ७४ जनाले प्रतिस्पर्धा गर्ने भएका हुन ।
जसअनुसार सल्यानबाट ९ जना छन भने डोल्पाबाट ५ जना प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनमा होमिने छन ।
त्यसैगरी, मुगुबाट ५ जना, जुम्लाबाट ५ जना, कालिकोटबाट ७ जना, हुम्लाबाट तिन जना निर्वाचन मैदानमा उत्रिएका छन ।
यस्तै, जाजरकोटबाट ६ जना निर्वाचनमा होमिदा दैलेखबाट १३ जना, सुर्खेतबाट १७ जना र रुकुमपश्चिबाट ६ जना प्रतिनिधिसभा निर्वाचनमा होमिने छन ।
कर्णाली प्रदेशको दैलेख र सुर्खेतमा २÷२ निर्वाचन क्षेत्र छन भने अन्य ८ जिल्लामा एक÷एक निर्वाचन क्षेत्र रहेका छन ।
सल्यान, जाजरकोट, दैलेख र सुर्खेतमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो उम्मेदवार उठाएको छ ।