ब्याजदर बृद्धिबिरुद्ध सुर्खेतका व्यवसायी आन्दोलित


जागरण
सुर्खेत, २८ असोज ।
बैंकहरुले आफूखुशी व्याजदर बृद्धि गरेको भन्दै सुर्खेतका व्यापारी÷व्यवसायीहरु आन्दोलित बनेका छन् ।
व्यावसायीहरुले बिरोधमा शुक्रबार वीरेन्द्रनगर बजार बन्द गरेर बिरोध प्रदर्शन गरेका हुन् । उद्योग वाणिज्य संघको संयोजकत्वमा संयुक्त संघर्ष समिति नै गठन गरेर सुर्खेतका व्यवसायी संघर्षमा उत्रिएका छन् ।
व्यवसायीहरुले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय र नेपाल राष्ट्र बैंकको कर्णाली प्रदेशन कार्यालयमा पुगेर ज्ञापन पत्र पनि बुझाएका छन् ।
यस्तै, संघर्ष समितीले ऋणीहरूलाई त्रैमासिकको ब्याज तथा किस्ता नबुझाउन आग्रह गरेका छ्न् ।


कर्जाको व्याजदर ९ प्रतिशत भन्दा कम हुनुपर्ने, कर्जा प्रवाह गर्दा बैंकहरुले विभिन्न शिर्षकमा सेवा शुल्क लिन नहुने, पूरानो चालु पुँजी कर्जा निर्देशिकालाई कायम राखि नयाँ निर्देशिकालाई क्रमिक रुपमा लागू गर्नुपर्ने, धितो लिलामी प्रक्रिया २०७९ चैत सम्म कायम राख्नुपर्ने साथै राष्ट्र बैंकले जारी गर्ने रिपो १ प्रतिशतमा झार्नुपर्ने माग व्यवसायीहरुको छ ।
माग पूरा नभएसम्म चरणबन्द आन्दोलन जारी राख्ने संयुक्त व्यवासायी संघर्ष समितिका संयोजक समेत रहेका उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले बताउनुभयाे ।