एमालेले जित्ने आधार बलियाे संगठन हाे: कंडेल


सुर्खेत, २९ असाेज ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले एमालेका उमेद्वारहरूले जित्ने आधार बलियाे संगठन रहेकाे बताउनु भएकाे छ ।
नेकपा एमाले कर्णाली प्रदेश प्रचार तथा प्रसार विभाग र प्रेस चाैतारी नेपाल कर्णाली प्रदेशले संयुक्त रूपमा शनिबार वीरेन्द्रनगरमा आयाेजना गरेकाे प्रचार भेलालाई सम्बन्धन गर्ने क्रममा कंडेलले यस्ताे बताउनु भएकाे हाे । गठबन्धनका उमेद्वारहरूले बल र पैसाकाे आधारमा चुनाव जित्ने दाउ हेरेकाे भन्दै एमालेकाे बलियाे संगठन अगाडि त्यसकाे प्रभाव नहुने कंडेलले जिकिर गर्नुभयाे । एमालेकाे नेतृत्वमा मात्रै समृद्ध नेपाल निर्माण संभव रहेकाे भन्दै एमाले पार्टी सम्झेर मतदान गर्न उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयाे । एमाले कर्णाली प्रदेश प्रचार विभाग प्रमुख सूर्यमणि गाैतमले एमालेकाे नेतृत्वमा महत्वपूर्ण काम भएकाे भन्दै तीनलाई जनतासामू लिन पत्रकारहरूलाई आग्रह गर्नुभयाे। प्रेस चाैतारी नेपालका सचिव एवं कर्णाली प्रदेश ईन्चार्ज बिष्णु शर्मा, केन्दिय अनुशासन आयाेगका अध्यक्ष नवराज महतारा,प्रेस चाैतारी कर्णाली प्रदेश अध्यक्ष प्रकाश अधिकारी लगायतले प्रेस चाैतारीमा आवद्ध पत्रकारहरूले काम गर्नुपर्नेमा जाेड दिनुभएकाे छ ।