उपराष्ट्रपतिको निर्वाचन चैत ९ मा

काठमाण्डौँ, ३० फागुन (जागरण) । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते गर्ने भएको छ ।
आयोगकाअनुसार उम्मेदवारी दर्ताको समय ३ गतेलाई तोकेको छ ।
भोलि चैत १ गते मतदाता नामावली प्रकाशन गरिनेछ ।
तीन गते उम्मेदवारी दर्ता तथा ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
चैत ९ गते शुक्रबार विहान १० वजेदेखि अपरान्ह ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुनेछ ।
संविधानअनुसार राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुनुपर्छ ।
राष्ट्रपतिमा खस आर्य समुदायका महिला विद्यादेवी भण्डारी निर्वाचित भएकाले उपराष्ट्रपति त्यसबाहेकका लिङ्ग वा समुदायको व्यक्ति मात्र उपराष्ट्रपतिको उम्मेदवार बन्न पाउनेछन् ।