सुर्खेत, १६ असार (जागरण) । कर्णाली प्रदेश सरकारले आफुले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको ब्यवस्था नगर्ने निर्णय गरेको गरेको छ । शनिबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको ब्यवस्था नगर्ने निर्णय गरेको हो । बैठकले गैरसरकारी संस्था द्वारा आयोजित कुनैपनि कार्यक्रममा पनि मन्त्रीपरिषदका सदस्यहरुले कार्यक्रममा सहभागी भए वापत प्राप्त हुने भत्ता नलिने निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता एंव भुमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले कर्णाली प्रदेशका हरेक मन्त्रालयले आफनो मन्त्रालयको खर्चको विवरण प्रत्येक महिना समाप्त भएको तिन दिन भित्र वेइवसाइडमा सार्वजनिक गर्ने पनि निर्णय गरेको छ । कर्णालीका मन्त्रीहरु जिल्ला भ्रमण तथा अन्य आवश्यक काममा भ्रमण गर्दा औचित्यताको आधारमा मुख्यमन्त्रीद्धारा भ्रमण स्वीकृत गराएर मात्रै भ्रमण गर्ने निर्णय गरेको मन्त्री केसीले वताउनुभयो । त्यस्तै सरकारद्धारा आयोजित कुनैपनि कार्यक्रमहरुको लागि सम्भव भएसम्म सरकारी हलको प्रयोग गर्ने , सरकारी खर्चलाई पारदर्शी तथा मितब्ययीता वनाउन खर्च मापदण्ड निर्देशिका कडाइपुर्वक लागु गर्ने गरिएको केसीले वताउनुभयो । यस्तै बैठकले अन्तरराष्ट्रिय धावक जुम्लाका हरि रोकायको उपचारमा सहयोग तथा सम्मान स्वरुप एक लाख सहयोग उपलब्ध गराउने भएको छ । बैठकले उच्चस्तरिय कर्णाली प्रदेश वाढी पहिरो समस्या समधान समिति गठन आदेश २०७५ तर्जुमाका लागी आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तीक स्वीकृत प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता केसीले वताउनुभयो ।