रुपन्देही–२ का उम्मेदवार गुरुङको उम्मेदवारी खारेज

काठमाण्डौ । रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।
आज शुक्रवार सर्वाेच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि आफैँले गरेको अल्पकालीन आदेश निरन्तर नहुने भनेको हो ।
यसअघि निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका नेता गुरुङ बैंकिङ कसुरको कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । निर्वाचन अधिकृतको यो निर्णयविरुद्ध गुरुङले सर्वाेच्च अदालतमा रिट दिनुभएको थियो ।