एमालेको घोषणापत्रः नेपालीलाई मात्र नागरिकता, प्रतिव्यक्ति आय दोब्बर पु¥याउने

काठमाण्डौ । नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज मङ्गलवार दिउँसो काठमाण्डौको याक एन्ड यती होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आउँदो चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
घोषणापत्रमा पार्टीले अघि सारेको ’समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ । घोषणापत्रमा देशको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।
यस्तै एमालेको घोषणापत्रमा सरकार गठन भएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने र छ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गरिने उल्लेख छ । एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने पनि जनाइएको छ ।
कृषिको व्यवसायीकरण गरिने तथा साना, मझौला र ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गरिने घोषणापत्रमा उल्लेख छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई आउँदो पाँच वर्षभित्र १०० खर्ब रुपैयाँ र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी दोब्बर अर्थात् ३ लाख रुपैयाँ (२४०० अमेरिकी डलर) पु¥याइने पनि उल्लेख छ । यस्तै, नेकपा एमालेले आगामी दुई वर्षभित्र विद्यार्थी भर्नादर शतप्रतिशत पु¥याउने घोषणा गरेको छ । मंगलबार सार्वजनिक घोषणापत्रमा आगामी दुई वर्षभित्र विद्यार्थी भर्ना दर शत प्रतिशत पु¥याउने उल्लेख गरिएको हो ।
एमालेले शिक्षण पेशालाई मर्यादित र सम्मानजनक जीवन जिउन पुग्ने तलब दिने पनि प्रतिवद्धता जनाएको छ । ‘शिक्षण पेशालाई मर्यादित बनाइनेछ, अतिरिक्त आम्दानी गर्न भौतारिनुपर्ने अवस्था अन्त्य गरी शिक्षकलाई सम्मानजनक जीवन जिउन पुग्ने तलब सुविधा उपलब्ध गराइनेछ’ एमालेको घोषणापत्रमा भनिएको छ ।
एमालेले आर्थिक दुरवस्थाका कारण विद्यालय जानबाट वञ्चित हुने वा बीचैमा पढाइ छोड्नुपर्ने अवस्थाको अन्त्य गर्ने समेत उल्लेख छ । एमालेले सबै विद्यालयलाई सूचना प्रविधिका पूर्वाधारसँग आवद्ध गरी डिजिटल शिक्षण आरम्भ गर्ने घोषणा गरेको छ ।