खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको तिन महिनाको प्रगतीः करिब ४१ प्रतिशत लक्ष्य पुरा

सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आफ्नो तिन महिनाको प्रगती सार्बजनिक गरेको छ ।
बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा त्रैमासिक समिक्षा गर्दै आफ्नो तिन महिनाको प्रगती सार्बजनिक गरेको हो ।
जसअन्तरग कार्यालयले ४०.६७ प्रतिशत लक्ष्य पुरा गरेको जनाएको छ ।
कार्यालयका प्रमुख भेष बहादुर थापाले कार्यालयले ४०.६७ प्रतिशत भारित प्रगती र ५६.६८ प्रतिशत वित्तिय प्रगती गरेको जानकारी दिनुभयो ।
उहाले कार्यालयले गुणस्तरिय खाद्यन्न उपयोग गर्ने नागरिकको अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनसँगै उपभोक्ता सचेतनाका कार्यक्रमलाई बढवा दिएको बताउनुभयो ।
अहिले कार्यालयलाई प्रदेशभर हेर्ने जिम्मेवारी दिइएको भएपनि भौगलिक विकता, सिमित श्रोत साधन र कर्मचारी अभावका कारण काम गर्न चुनौती रहेको थापाले बताउनु्भयो ।
उहाले कार्यालयले दैनिक उपभोग्य वस्तुको मापनको लागि ल्याव स्थापना भइरहेको जानकारी समेत दिनुभयो ।
अहिले कार्यालयमा ८ जना मात्रै कर्मचारीहरुले काम गरिरहेका छन । जबकी कार्यालयमा २० जनाको दरबन्दी रहेको छ । कार्यालयले ६ जिल्ला हेर्ने गरेको थापाले बताउनुभयो ।
यता, माथिल्लो कर्णालीका तिन जिल्ला हेरिरहेको जुम्ला कार्यालयका प्रमुख डाक्टर इश्वर सुवेदीले तिन महिनामा जुम्ला कार्यालयले ७५ प्रतिशत लक्ष्य पुरा गरेको बताउनुभयो । त्यसैगरी ५६.४८ प्रतिशत वित्तिय प्रगती भएको उहाको भनाई छ ।
कार्यक्रममा बोल्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले पानी, दुध र तेलमा उपभोक्ता ठगी हुने गरेको भन्दै यसतर्फ अनुगमनलाई बढाउन सुझाव दिनुभयो ।
उहाले विशेषगरी आम उपभोक्तालाई आफुले खाने खाद्य वस्तुको गुणस्तरका बारेमा जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नागरिक समाजका अगुवा पिताम्बर ढकालले पनि उपभोक्ताको हितका लागि कार्यालयले राम्रो काम गरेको भन्दै आगामी दिनमा अझै अनुगमन तथा गुणस्तर मापनलाई जोड दिनुपर्ने बताउनुभयो ।