आइएनएफले मनायो आफ्नो ७० औं बार्षिक उत्सव

सुर्खेत ।  ईन्टरनेश्नल नेपाल फेलोशिप (आईएनएफ)ले स्थापनाको सात दशक पूरा गरेको छ । नेपालको स्वास्थ्य क्षेत्रलाई मध्यनजर गरी वि. सं. २००७ सालमा स्थापना भएको थियो । स्थापनाकालदेखि अनवरत रुपमा सेवा प्रदान गर्दै आएको आईएनएफले विहिबार औपचारिक समारोहकाबीच स्थापना दिवस मनाएको हो ।
कुष्ठरोग, क्षयरोग, स्त्रीरोग, शिशु तथा मातृशिशु सम्बन्धी विभिन्न रोगको उपचारका साथै समाजको सर्वांगिण विकासमा कार्य गर्दै आएको आइएनएफले जनाएको छ । हाल आईएनएफले पश्चिम नेपालका गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आफ्नो कार्यक्षेत्र बनाइएको छ । कर्णालीका सुर्खेत, कालीकोट, जुम्ला र मुगुबाट सेवा प्रदान गर्दै आएको छ ।
वि.सं. २०३० सालदेखि कुष्ठरोगको उपचार सेवा सुरु गरिएको थियो । विशेष गरि विपन्न नागरिकलाई सेवा दिनुका साथै उनिहरुको पुर्नस्थापनाका लागि योगदान पु¥याएको छ। वि.सं. २०३२ सालमा सुर्खेतमा आईएनएफ अस्पताल सञ्चालनमा आएको हो ।
अहिले प्रदेश अस्पताल सुर्खेतसँगको सहकार्यमा प्रदेश अस्पताल परिसरमै फिस्टुला केन्द्र समेत स्थापना गरिएको छ ।
फिस्टुला सम्बन्धी निःशुल्क उपचारका लागि पश्चिम नेपालको निःशुल्क अस्पतालका रुपमा सञ्चालन गरिएको आईएनएफ नेपालका कार्यकारिणी समिति उपाध्यक्ष राजेन्द्रकुमार अधिकारीले जानकारी दिनुभयो ।
आगामी दिनमा अस्पतालको सेवा विस्तारसँगै सामुदायिक विकास कार्यक्रम सञ्चालन गर्ने, कुष्ठरोगलाई शुन्य सहनशीलतामा झार्ने, फिस्टुला केन्द्रलाई थप अभिवृद्धि गरी प्रदेश अस्पताललाई हस्तान्तरण गर्ने लगायतका भावी योजना रहेको आईएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले बताउनुभयो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कर्णालीका सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढाक्षेत्रीले सेवा राम्रो भएको प्रसंशा गरे । उनले अस्पतालको सेवा विस्तारसँगै कर्णालीका नागरिकलाई स्वास्थ्यको सरल पहँुच हुने विश्वास व्यक्त गरे ।
आईएनएफ नेपालले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय रहेको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले बताउनुभयो ।