चिङ्गाडकाे ठाँटीमा अन्तरपालिका स्तरीय भलिबल प्रतियाेगिता सुरू

कात्तिक २३, सुर्खेत। सुर्खेतकाे चिङ्गाड गाउँपालिकामा अन्तरपालिका स्तरीय पुरूष भलिबल प्रतियाेगिता बुधबारदेखि सुरू भएकाे छ ।
ठाँटी बजार व्यवस्थापन समितिले प्रतियाेगिता आयाेजना गरेकाे हाे । कात्तिक शुक्ल पूर्णिमाकाे अवसरमा लाग्ने ठाँटीमेलाकाे अवसरमा बजार व्यवस्थापन समितिले हरेक बर्ष भलिवल प्रतियाेगिता आयाेजना गर्दै आएकाे छ । प्रतियाेगितामा सुर्खेतसहित रूकुम पश्चिम, जाजरकाेट र दैलेखका विभिन्न पालिकाबाटगरी १६ टिमकाे सहभागिता रहेकाे अध्यक्ष महेश जिसीले बताउनुभयाे । उहाँका अनुसार प्रतियाेगिताकाे प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ७० हजार र तृतीय पुरस्कार ५० हजार रहेकाे छ । प्रतियाेगिता लिककम नकआउट विधिबाट खेलाएकाे र २६ गते सम्म सञ्चालन हुने जिसीकाे भनाई छ । प्रतियाेगिताकाे उद्घाटन चिङ्गाड गाउपालिकाका वडा नं ३ का अध्यक्ष बीरबहादुर जिसीले गर्नुभएकाे थियाे । अध्यक्ष जिसीले खेल क्षेत्रकाे विकासका लागि निरन्तर लागि पर्ने बताउनुभयाे ।