ठाँटीमा जारी भलिबल प्रतियाेगितामा सानिभेरी र गुर्भाकाेट सेमिफाइनल प्रवेश

कात्तिक२५,सुर्खेत । सुर्खेतकाे चिङ्गाड गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय पुरूष भलिबल प्रतियाेगितामा सानाेभेरी गाउँपालिका रूकुम पश्चिम र गुर्भाकाेट नगरपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज भएकाे खेलमा आयाेजक टाेलीलाई हराउदै सानाेभेरी र जाजजरकाेटकाे शिवालय गाउपालिकालाई हराउदै गुर्भाकाेट नगरपालिकाकाे टाेलि सेमिफाइनल चरणमा प्रवेश गरेका हुन् । यस्तै क्वाटर फाइनल चरणका २ खेल बाँकी छन् । सिम्ता गाउँपालिका र चिङ्गाड ३ टुले तथा लेकबेशी नगरपालिका र चिङ्गाड ५ अवल्चिङबीचकाे खेलबाट २ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । कात्तिक शुक्ल पूर्णिमाकाे अवसरमा लाग्ने ठाँटीमेलाकाे अवसरमा बजार व्यवस्थापन समितिले हरेक बर्ष भलिवल प्रतियाेगिता आयाेजना गर्दै आएकाे छ । प्रतियाेगिताकाे प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ७० हजार र तृतीय पुरस्कार ५० हजार रहेकाे छ । बुधबारदेखि सुरूभएकाे प्रतियाेगिता भाेली सम्पन्न हुने आयाेजक ठाँटी बजार व्यवस्थापन समितिका अध्यक्ष महेश जिसीले जानकारी दिनुभयाे ।