सुर्खेत । सेभ द चिल्ड्रेन र समाज जागरण केन्द्र (स्याक) नेपालको साझेदारीमा संचालिन पावर परियोजनाले सुर्खेतका युवाहरुलाई स्वरोजगारको बाटोमा लिएको छ ।
विभिन्न उद्यमशिलता सम्बन्धी तालिम र तालिम पश्चात उद्यम संचालनका लागि आर्थिक सहयोग परियोजना मार्फत गरिएपछि वीरेन्द्रनगर र वराहातालका युवाहरु स्वरोजगार बनेका हुन ।
परियोजनाको लक्ष्यअनुसार १८ देखि २४ बर्ष उमेर समुहका युवाहरुलाई कृषि, पशुपालन, व्युटी पार्लर, सिलाईकटाई लगायतका तालिम दिएर ६५ जना युवाहरुलाई स्वरोजगारको बाटोमा लिइएको हो ।
अहिले उनिहरु आफ्नो व्यवसाय गर्न शुरु गरी नाफा समेत लिन थालेको परियोजना संयोजक तेज सोनामले जानकारी दिनुभयो ।
उहाका अनुसार महिला, पूरुष र अपाङ्गता भएका व्यक्तीहरुलाई समावेश गरिएको भन्दै गरिबीको रेखामुनी रहेका युवाहरुलाई उद्यमी बनाइएको छ ।
संयोजक सोनामले उद्यम विकास व्यवसाय शुरु गरेका युवाहरुलाई थप लगानीको लागि वराहाताल र वीरेन्द्रनगरका २ वटा सहकारी संस्थासँग सम्झौता गरी घुम्ती कोष र बाल अनुदान कोष मार्फत ४ लाख ४० हजार रकम लागनी भएको समेत जानकारी दिनुभयो ।
गरिबी र निम्न परिवारका बालबालिका लागि परियोजना मार्फत शैक्षिक सहयोग समेत प्रदान गरिएको भन्दै त्यस्तो सहयोगले बालबालिका विद्यालय बाहिर हुनबाट जोगिएको बताउनुभयो ।
यसैबिच, परियोजना र नीजि क्षेत्र सहकार्य गरेर निम्न आयश्रोत भएका परिवारका १८ देखि २४ बर्षसम्मका युवाहरुलाई उद्यमी बनाउन एकमत देखिएका छन ।
वीरेन्द्रनगरमा भएको समन्वयात्मक बैठकमा सुर्खेत उद्योग वाणिज्य संघ र पावर परियोजनाले हातेमालो गरेर वेरोजगार युवाहरुलाई सिप सिकाएर स्वरोजगार बनाइने भएको हो ।
कार्यक्रममा बोल्दै निर्माण व्यवसायि संघका महासचिव खगेन्द्र रानाले कर्णालीमा पर्यटनको सम्भावना धेरै रहेको भन्दै युवाहरुलाई त्यस सम्बन्धीको तालिम सिकाएर स्वरोजगार बनाउन सकिने बताउनुभयो ।
उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कंडेलले युवाहरुलाई स्वरोजगार बनाउनको लागि परियोजनासँग हातेमालो गर्न तयार रहेको बताउनुभयो । उहाले त्यस्ता युवाहरुको तथ्याङ्क संकलन गर्नुपर्ने भन्दै त्यही अनुसारको नीति बनाएर अगाडी बढ्न आफुहरु तयार रहेको बताउनुभएको हो ।
उहाले विद्यालय बाहिर रहेका बालबालिकालाई परियोजनाले शैक्षिक सहयोग गर्दै आएको भन्दै आफुहरु पनि शैक्षिक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यसमिति सदस्य एवम परियोजनाका फोकल पर्सन नवराज खड्काले बालबालिका भोलीका भविश्य भएकाले उनिहरुको हकहितको लागि सबै पक्ष हातेमालो गरेर काम गर्नुपर्ने बताउनुभयो ।
बालबालिकाको सवाल र युवा उद्यमी बनाउने सन्दर्भमा उद्योग वाणिज्य संघसँग आफुहरु सहकार्य गर्न तत्पर रहेको समेत उहाले बताउनुभएको छ ।
समन्वयात्मक बैठकमा परियोजनाले गरेका कामका उपलब्धी समेत प्रस्तुत गरिएको थियो ।