ठाँटीमा आयाेजित भलिबल प्रतियाेगिताकाे उपाधि सानिभेरीलाई


सुर्खेत, २६ कात्तिक ।
सुर्खेतकाे चिङ्गाड गाउँपालिकास्थित ठाँटी बजारमा आयाेजित अन्तर पालिका स्तरीय खुल्ला पुरूष भलिबल प्रतियाेगिताकाे उपाधि रूकुम पश्चिमकाे सानीभेरी गाउपालिकाले जितेकाे छ ।
आज भएकाे फाइनल खेलमा सिम्ता गाउपालिकालाई हराउदै सानीभेरीकाे टिमले उपाधि जितेकाे हाे । यस्तै सिम्ता गाउपालिका द्धितीय हुँदा लेकबेशी नगरपालिकाले तृतीय स्थान हाँसिल गरेकाे छ। प्रथम हुनेले १ लाख नगदसहित ट्रफि, द्धितिय हुनेले ७० हजारसहित ट्रफी र तृतीय हुनेले ५० हजारसहित ट्रफी हात पारेका छन् ।
विधागत तर्फ उत्कृष्ट खेलाडीकाे सानीभेरीका नविन वली र उत्कृष्ट डिफेन्सरकाे पुरस्कार सानिभेरीकै मनाेज बुढाले पाएका छन् । उत्कृष्ट स्पाइकर सिम्ताका गगन केसी, उत्कृष्ट सेटर सिम्ताकै ललित परियारले हात पार्दा उत्कृष्ट ब्लकर लेकबेशीका शैलेन्द्र शाहीले पाएका छन ।
२३ गतेदेखि सुरू भएकाे प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । हरेक बर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने ऐतिहाँसिक ठाँटी मेलाका अवसरमा ठाँटी बजार ब्यवस्थापन समितिले भलिबल प्रतियाेगिताकाे आयाेजना गर्दै आएकाे छ । प्रतियाेगिताकाे समापन कार्यक्रममा चिङ्गाड गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष बीरबहादुर जिसीले पुरस्कार वितरण गर्नुभएकाे थियाे ।
यस्तै फाइनल खेल अघि आजै आयाेजक र निर्णायक टिमबीच मैत्रीपूर्ण खेल भएकाे थियाे । मैत्रीपूर्ण खेलमा निर्णायक टिमलाई पराजित गर्दै आयाेजकले १८ हजार बराबरकाे खसी जितेकाे आयाेजक ठाँटी बजार व्यवस्थापन समितिका अध्यक्ष महेश जिसीले जानकारी दिनुभयाे ।