मंसिर ४ सुर्खेत । दैलेख र मुगुमा अज्ञात समूहले राखेका बम नेपाली सेनाले डिस्पोज गरेका छ । आइतबार बिहान दैलेखमा एउटा मतदान केन्द्र र मुगुका तीन स्थानमा शंकास्पद वस्तु फेला परेको थियो । नेपाली सेनाले दुवै जिल्लामा फेला परेका होक्स डिस्पोज गरिसकेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता एसएसपी माधव प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
दैलेखमा भेटिएको शंकास्पद वस्तु केही उच्च भेगका मतदान केन्द्रमा चिसोका कारण मतदाता नआइसकेकाले मतदान सुरु नभए पनि अन्य सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको पनि एसएसपी श्रेष्ठले बताउनुभएको छ ।