हुम्लाको एक मतदान केन्द्रमा झडप हुँदा मतदान गर्न रोकियो

जागरण
मंसिर ४ सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाको उनापानी देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप हुँदा मतदान रोकिएको छ ।
वडाध्यक्षले वारेसमा मतदान गर्छु भनेपछि गठन्धन र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको जिल्ला निर्वाचन अधिकारी श्याम रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले सर्वदलीय बैठक बसिरहेको छ । जिल्लाभर २० प्रतिशत जिति मत खसेको छ ।
रानाले बिहान चिसोका कारण केही केन्द्रमा ढिला भए पनि अहिले सबै ठाउँमा मतदान भइरहेको बताउनुभएको छ ।
५९ वटा मतदान केन्द्र रहेको हुम्लामा ३२ हजार ८५७ मतदाता छन् । यद्यपि निर्वाचन अधिकारीले २५ हजार जति मत खस्ने आकलन गरेका छन् ।