सुर्खेतको एक निर्वाचन केन्द्रको मतदान स्थगित

सुर्खेत । सुर्खेतको एउटा निर्वाचन केन्द्रको मतदान स्थगित गरिएको छ ।
प्रदेश निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार सुर्खेतको सिम्ता गाउँपालिकाको सरस्वती मावीमा रहेको केन्द्रको मतदान स्थगित भएको हो ।
केही मतदाताले प्रत्यक्ष निर्वाचनको मतपत्र समानुपातिक मतपेटीकामा हालेपछि विवाद हुँदा मतदान स्थगित गरिएको जनाइएको छ ।
सुरक्षाको कारण नभई प्राविधिक कारणले मतदान स्थगित गरिएको र आयोगको निर्णयअनुसार पुनः मतदान गर्ने की त्यसैलाई मान्ने निर्णय हुने प्रदेश निर्वाचन कार्यालयका अधिकारी दुर्गा प्रसाद खनालले जानकारी दिनुभयो ।