सुर्खेतमा ६० प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

सुर्खेत । प्रदेश र प्रतिनिधिभा निर्वाचन अन्तरगत सुर्खेतमा ६० प्रतिशत मत खसेको छ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार आज सम्मपन्न निर्वाचनमा सुर्खेतमा ६० प्रतिशत मत खसेको हो ।
७० प्रतिशत मत खस्ने आकंलन गरिएपनि ६० प्रतिशत मात्रै मत खसेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेले जानकारी दिनुभयो ।
सुर्खेतमा २ लाख ४३ हजार ६ सय १४ जना मतदाता रहेकोमा ६० प्रतिशतले मात्रै प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा भाग लिएका हुन ।
चालिसेका अनुसार निर्वाचन क्षेत्र नं १ मा ७२ मतदान स्थल र एक सय ४४ मतदान केन्द्र कायम गरिएको थियो भने निर्वाचन क्षेत्र नं २ मा ६७ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र कायम गरिएको थियो ।