सुर्खेत सिम्तामा स्थगित मतदान पुनःमंगलबार हुने

सुर्खेत, ५ मंसिर । सुर्खेत क्षेत्र नम्बर १ मा अन्तरगत स्थगित मतदान केन्द्रमा भोली मंगरबार पुनः मतदान हुने भएको छ ।
निर्वाचन क्षेत्र नं. १ को सिम्ता गाउँपालिका ६ स्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि मतदान स्थगित गरिएको थियो ।
उक्त केन्द्रमा भोली मंगलबार पुन मतदान हुने प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेले जानकारी दिनुभयो ।
अन्य केन्द्रको मतपेटीका भने मतगणना स्थलमा ल्याइएको छ । स्थगित मतदान केन्द्रमा निर्वाचन भएपछि मात्रै सुर्खेतमा क्षेत्र नं. १ को मतगणना शुरु हुने चालिसेले जानकारी दिनुभयो ।
निर्वाचन क्षेत्र नम्बर २ को मतगणना भने शुरु भएको छ । केहीबेर अघि सर्वदलिय बैठक बसेर मतगणना शुरु गरिएको जनाइएको छ । क्षेत्र नं. २ को मतगणना वीरेन्द्रनगरको सिटी हलमा भइरहेको छ ।