सुर्खेत र दैलेखमा मतगणना शुरु

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर दुइको मतगणना शुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार सोमबार बिहान साढे ११ बजेदेखि मतगणना शुरु भएको हो ।
मतगणना वीरेन्द्रनगरेको सिटी हलमा शुरु भएको छ । निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भने तत्काल हुने छैन । उक्त क्षेत्रको सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा पुन मतदान हुने भएपछि पर्सीदेखि मात्रै मतगणना शुरु हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गा प्रसाद चालिसेले जानकारी दिनुभयो ।
यता, दैलेखमा पनि मतदान शुरु भएको छ । दैलेख क्षेत्र नम्बर १ को मतगणना गुराँस गाउँपालिका–५ को कृष्णमावी सानाकाँडा (क) केन्द्र र गुराँस गाउँपालिका–४ को बुद्ध आधारभुती विद्यालय सेरी दोवाटोको (क) केन्द्रबाट मतगणना शुरु गरिएको मुख्य निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।
दैलेख क्षेत्र नम्बर १ को प्रारम्भिक नतिजाअनुसार नेकपा एमालेबाट उमेद्वार बनेका रविन्द्रराज शर्माले शुरुवाती अग्रता बनाउनुभएको छ ।
शर्माले २७ मत ल्याउँदा सत्ता गठबन्धनबाट उमेद्वार बन्नुभएका अम्मर बहादुर थापाले १५ मत ल्याउनुभएको छ । भने राप्रपाका उमेद्वार कुन्ती कुमारी शाहीले ३ मत प्राप्त गर्नुभएको छ ।