सुर्खेत क्षेत्र नम्बर दुईमा थानीलाई उछिन्दै विसी अगाडी

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तर्फ नेपाली काग्रेसका उम्मेद्वार हृदयराम थानीलाई एमालेका अमृत कुमार विसीले उछिन्नुभएको छ ।
अहिलेसम्म ११ सय ८२ मत गणना गर्दा विसीले ६ सय ५० मत ल्याएर अग्र स्थानमा उक्लिनुभएको छ भने थानीले ५ सय १८ मत ल्याउनुभएको छ । १४ मत भने बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।