८ दिनभित्र मतगणनाको नतिजा आइसक्ने

जागरण
मंसिर ६, सुर्खेत ।
निर्वाचन आयोगले ८ दिनभित्र मतगणनाको नतिजा आइसक्ने जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताउनुभएको हो । काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उहाँले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आउने दाबी गर्नुभयो ।
आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उहाँको भनाइ छ ।